छोटाहात्तीले ठक्कर दिँदा पानवारीको मृत्यु

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २, शुक्रबार ११:३१
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–३ बिर्ता बजारमा छोटाहात्ती गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ ।

बनियानीबाट बिर्ता बजारतिर जाँदै गरेको मे १ च ५९३० नम्बरको गाडीले भारतको बहादुरगन्ज घर भइ बिर्तामोड–३ स्थित सैनिक मोडमा डेरा गरेर बस्ने अन्दाजी ६५ वर्षीय असारुलाल पानवारीलाई बिहीबार साँझ ६ः३० बजेतिर बिर्तामोड–भद्रपुर सडक खण्डमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिर्तासीटी अस्पतालमा शुक्रबार बिहानका राति २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीले गाडी र चालक झापाको कनकाई नगरपालिका–८ का ४६ वर्षीय मानबहादुर भुजेललाई नियन्त्रणमा लिएको छ । पैदलयात्रीले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.