रवि लामिछानेलाई पक्राउ गर्ने तयारी, ‘हाइ अलर्ट’मा प्रहरी

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २, शुक्रबार १७:११

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लामिछानेलाई पक्राउ गर्न उपयुक्त समयको खोजी भइरहेको छ । लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएसँगै मुलुकभरका प्रहरीलाई ‘हाइ अलर्ट’मा राखिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सर्कुलर जारी गर्दै देशभरका प्रहरी कार्यालयहरुलाई ‘हाइ अलर्ट’मा रहन निर्देशन दिएको उच्च स्रोतले बतायो ।

पक्राउ पुर्जी जारी गर्ने विषयमा आज नै कास्की जिल्ला अदालतका न्यायाधीस कृष्णजंग शाह र प्रहरीबीच छलफल भएको थियो । त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरीलाई तयार रहन सर्कुलर जारी गरेको हो ।

रवि लामिछानेले आफू पक्राउ पर्ने भएपछि आजै विपक्षी दलहरूको साथ खोजेका थिए । शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका थिए । आफूलाई जस्तै समस्या भोलि जोसुकैलाई आइपर्ने उनको भनाइ थियो ।

विपक्षी दलहरुको बैठकमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी भइरहेको बताएका थिए । प्रचण्डको ‘ब्रिफिङ’मा सहमत लामिछानेले पक्राउ परिने सम्भावनाबारे जानकारी रहेको बताउँदै विपक्षीहरूको साथ मागेका हुन् ।

बैठकले रवि लामिछानेको विषयमा कुनै निष्कर्ष भने निकालेको थिएन । यद्यपि, लामिछानेलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने विषयमा बैठकमा छलफल भएको थियो । बैठकमा रास्वपाबाट ६ जना नेता सहभागी थिए ।

रास्वपाले प्रदेशमा बोलायो आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश समितिहरुले आकस्मिक बैठक डाकेका छन् । पार्टी सभापतिलाई प्रहरीले पक्रन सक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् ।

मधेस प्रदेशका महामन्त्री मनिषकुमार साहले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् । सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले तयार रहन उनले पार्टी समर्थकलाई सर्कुलर गरेका छन् ।

झाले ‘जुम मिटिङ’ बोलाएका छन् । ‘सबै जिल्ला, पालिका र वडाको जिम्मेवारीमा रहेका नेतृत्वहरु तयारी अवस्थामा बसौं,’ झाले प्रदेश मातहतका कार्यकर्तालाई लेखिएको म्यासजेमा भनिएको छ ।

त्यस्तै, रास्वपाले सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीविरूद्ध नेता कार्यकर्ता उतार्ने भएको छ । लामिछानेलाई पक्राउ गर्ने तयारी भएसँगै रास्वापाले नेता कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएको हो ।

जिल्ला अदालत कास्कीले लामिछानेविरूद्व पक्राउ पुर्जी जारी गरेपछि रास्वपाले कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएको हो । लामिछानेकी पत्नी निकिता पौडेल पनि अहिले पार्टी कार्यालयमा पुगिसकेकी छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.