ठक्करबाट बालिकाको मृत्युपछि स्कुल बसमा आगजनी

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ६, मंगलबार १३:०८

धनुषा । धनुषाको धनौजीमा स्कुल बसको ठक्करबाट मंगलबार बिहान बालिकाको मृत्यु भएको छ । विद्यालय जाँदै गरेकी बालिकाको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि आक्रोसित बनेका स्थानीयले बसमा आगजनी गरेका छन् । आगजनीबाट बस जलेर पूर्णरूपले ध्वस्त भएको छ । बसको ठक्करबाट धनौजी गाउँपालिका–२ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोहीकुमारी मण्डलको मृत्यु भएको धनुषाका प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।

जनज्योति बोर्डिङ स्कुलको बा ३ प ९०६५ नम्बरको बसले विद्यालय जाँदै गरेकी बालिकालाई बिहान १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको डीएसपी सिंहले बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.