
काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरको जहाजमा बम नरहेको पुष्टि भएको छ ।
विमानमा बम राखेको सूचना गलत रहेको पाइएको हो । खानतलासी गर्दा बिमानमा बम फेला नपरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।
विमानमा सवार १ सय ५७ यात्रुले चेकजाँच पछि आफ्नो ब्यागेज जिम्मा लिएका छन् । दिल्लीबाट उडेको विमान दिउँसो ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
‘सर्च’ गर्दा बम नरहेको यकिन भएपछि जहाज दिल्लीतर्फ नै फर्किने तयारीमा रहेको बताइएको छ ।























