सिटामोलको अभाव छैन : औषधि लिमिटेड

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ८, बिहीबार १०:४४

काठमाडौं । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ । आज एक सूचना जारी गर्दै डेङ्गी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै सिटामोल अभाव नरहेको जनाएको हो ।

सिटामोलको नियमित उत्पादन भइरहेको र खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको लिमिटेडको भनाइ छ ।

पछिल्लो समयमा बढ्दै गएको डेङ्गीको सङ्क्रमणलाई ध्यानमा राख्दै सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाडौँ बबरमहलमा रहेको बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले पनि आवश्यकता अनुसारको सिटामोल खरिद गर्न सक्नेछन् ।

सिटामोल खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.