बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ८, बिहीबार १८:१८

काठमाडौं । बालिकालाई बलात्कार गरेकोको आरोपमा सशस्त्र प्रहरी बलमा कार्यरत २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दाङको २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर रहेका छन् । बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप उनीहरुमाथि लागेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.