
दाङ । दाङको राप्ती नदीमा नुहाउने क्रममा बिहीबार डुबेर तीन जना बालिकाको मृत्यु भएको छ ।
दाङ प्रहरीका प्रवक्ता डीएसपी ईश्वर थापाका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुर घर भइ हाल लमही–५ बस्ने वर्ष १२ कि कृष्टि चौधरी रहेका छन् । मृतकमध्ये झरना कक्षा ४, निशा कक्षा ६ र कृष्टि कक्षा ८ मा पढ्थे ।
नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएका बालिकाहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























