
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–६ का २६ वर्षीय शुभराज तुम्रोकको अरिंगालले टोकेर मृत्यु भएको छ ।
अरिंगालको टोकाइबाट सिकिस्त बिरामी परेका उनको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । शुभराजलाई बुधबार अरिंगालले टोकेको थियो ।
अरिंगालले टोकेर घाइते भएका उनलाई स्थानीय क्लिनिकमा उपचार गरेर घरमै राखिएको थियो । अवस्था गम्भीर बनेपछि उपचारका लागि फिदिम ल्याउने तयारी भइरहेको बेला उनको मृत्यु भएको जानकारी प्रहरीले जनाएको छ ।























