स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ९, शुक्रबार १५:५०

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ ।

निकुञ्जको ‘कोर एरिया’मा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकारात्मक असर गर्ने तथा ध्वनि प्रदूषणसमेत हुने भएकाले स्याङबोचेभन्दा माथिको हिमाली क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाएको निकुञ्जले जनाएको छ ।

निकुञ्ज, नेपाली सेनाको भगवतीप्रसाद गुल्म र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठक बसेर नै स्याङबोचे क्षेत्रभन्दा माथि व्यावसायिक उडान नगर्नका लागि नागरिक उड्डयन कार्यालय लुक्लालाई बिहीबार पत्राचार गरिएको छ ।

निकुञ्जले ‘कोर’ क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकप्टर उडान तथा अवतरण हुँदा वन्यजन्तु तर्सिएर जंगलबाट  गाउँ पस्ने गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.