पाँचथरको विस्फोटमा मृत्यु हुनेका परिवारलाई रकम उपलब्ध गराउने सरकारको निर्णय

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ९, शुक्रबार १६:१३

काठमाडौं । पाँचथरमा द्वन्द्वकालीन बम विस्फोटमा परेर मृत्यु भएका नाबालक दाजु–बहिनीका परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँका आइतराज केरुङको घरमा भदौ १४ गते विस्फोट हुँदा दिप्सन साँवा र प्रिन्सा साँवाको मृत्यु भएको थियो । उनीहरु दाजु–बहिनी हुन् ।

मन्त्रिपरिषद् बैठकले एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । खेल्ने क्रममा विस्फोट हुँदा ४ जना बालबालिका घाइते भएका थिए । घाइतेमध्ये ११ वर्षीय दिप्सन र अढाई वर्षीया प्रिन्साको मृत्यु भएको हो ।

मन्त्रिपरिषद् बैठकले विस्फोटमा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग गर्नेसहित विभिन्न १२ वटा निर्णय गरेको छ । बबई सिँचाइ आयोजनाको लागि बर्दियाको गुलरिया नगरपालिकामा ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने, स्लोभानियासमेतका विभिन्न ११ स्थापनका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदावधि १ अवधि (४ वर्ष) का लागि थप गर्नेलगायतका निर्णय बैठकले गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ वटा निर्णय

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.