कम्बोडियामा किन पक्राउ परे उदयपुरका सुजन आचार्य ?

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ९, शुक्रबार १७:४६
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । कम्बोडियामा एक महिनाअघि पक्राउ परेका उदयपुरको त्रियुगा नगरपालिका–१० का सुजन आचार्यलाई शुक्रबार नेपाल ल्याइएको छ ।

एनसीबी कम्बोडियाको समन्वयमा आचार्यसँगै विनु शाक्य गत असोज १ गते पक्राउ परेका थिए । वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी दुवै जना फरार भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाले २०८० माघ १९ गते ‘रेड नोटिस’ जारी गरेको थियो । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका आचार्य र शाक्य पक्राउ परे पनि एक महिनापछि आचार्यलाई मात्रै नेपाल ल्याइएको छ ।

शाक्यलाई नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । आचार्यविरुद्ध २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवार सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।

प्रहरीका अनुसार २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याएर सम्बन्धित कसुरमा कानुनी कारबाही गराउनका लागि प्रहरी प्रधान कार्यालयले इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरेको थियो ।

सुजनलाई नेपाल ल्याएर अनुसन्धान गर्न एवं कानुनी कारबाही अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.