
दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङको तुलसीपुर नगरपालिका–३ साततलेमा शनिबार बिहानका राति बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
बिहानका राति करिब ३ः३० बजेतिर रा १ ज ८२२ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा चालक दंगीशरण गाउँपालिका–४ का २२ वर्षीय हिरामणि बुढा र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिए ।
ठकुरीका अनुसार दुर्घटनामा सल्यान कपुरकोट–६ का ३१ वर्षीय देवा वली र उनका दुई छोराहरु १३ वर्षीय महेश र १० वर्षीय जीवन घाइते भएका छन् । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सम्भव नभएपछि घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।























