रास्वपा उपसभापति अर्याल भन्छन्,‘ ९० दिनमा सहकारीको बचत फिर्ता गर्ने आधार दिन सक्छौं’

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १३, मंगलबार १३:३९

काठमाडौं । तीन महिना भित्र समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने आधार दिन सक्ने दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले गरेका छन् ।

बालुवाटारमा जारी विरोध प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले बुझाएको प्रतिवेदनलाई सरकारले बेवास्ता गरेका कारण सडकमा आएको बताए ।

‘हामीले ६ महिनाअघि नै सहकारीको समस्या समाधान गर्नको लागि प्रतिवेदन सरकारलाई बुझायौँ । सदनमा कुरा उठायौँ । सहकारीको पैसा फिर्ता गराउने आधार दिएका थियौँ, त्यो कुनै नसुनेपछि हामी सडकमा आएका हौँ। चुनौती होइन, सरकारलाई मेरो अनुरोध एउटा प्राधिकरण वा समिति बनाओस् त्यहाँ हामीलाई पनि राखोस्, ९० दिन सहकारीको बचत रकम फिर्ता गर्ने आधारसहित हामी दिन्छौँ। एकैचोटी सकिँदैन सुरु गर्न सकिन्छ।’

उनले आफूहरू विधिको शासन मान्ने भएकाले कानून अनुसार भागेर नजाने र प्रमाण नष्ट गर्न नसक्ने भएकाले पार्टी सभापति रवि लामिछानेलाई बाहिर राखेर पनि अनुसन्धान गर्न माग गरेको बताए।

उनले अगाडि भने, ‘विधिको शासन कायम हुनुहुन्छ, नेपालको कानूनले प्रमाण नष्ट गर्ने, भागेर नजाने व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर भनेकै छ। यो संविधानमा लेखिएको कुरा हो। यो रवि लामिछाने एउटा नजिर हुनसक्छ। हामी रवि लामिछाने एउटा व्यक्तिको पछि लागेका छैनौं। यो त एउटा अभियान हो। आफैँमा आन्दोलन हो। यो जनताको आशा हो।’

 

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.