स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Share this
818shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १३, मंगलबार १९:३८

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पुरेनामा मंगलबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

लु १ ख ९०९२ नम्बरको स्कुल बस र लु ६६ प ४८७५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार रहेकाहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा बुद्धभूमि–३ का पवन थापा र बुद्धभूमि–४ का मनिष थारुको मृत्यु भएको हो ।

घाइते दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.