मोरङमा कुकर विस्फोट हुँदा घाइते भएकी महिलाको मृत्यु

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार ११:५६

विराटनगर । मोरङमा प्रेसर कुकर विस्फोट हुँदा घाइते भएकी महिलाको १२ दिनपछि मृत्यु भएको छ ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका–६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको हो । घरमा खाना पकाउने क्रममा कात्तिक ३ गते बिहान प्रेसर कुकर विस्फोट हुँदा उनी घाइते भएकी थिइन् ।

कुकरको सिट्ठीले निधारमा लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जोशीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.