
काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको आगामी उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा डाक्टर सुरेन्द्र मानन्धरको नाम शुक्रबार सिफारिस गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य उनी एमालेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का अध्यक्षसमेत हुन् । नगर कमिटीको शुक्रबार बसेको बैठकले नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो।
एमालेमा नगरले जिल्लामा सिफारिस गर्छ, जिल्लाले पठाएको नाममा प्रदेशले निर्णय लिन्छ । तर, अन्य आकांक्षीहरुले समेत समर्थन गरेपछि मानन्धर एक्लैको नाम सिफारिसमा परेको हो ।
मुलुकमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । अन्य दलले पनि उम्मेदवार तोक्दैछन् ।

























