प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीको ढाडस – ‘सरकारको काम प्रभावकारी छ’

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १७, शनिबार १८:४५

काठमाडौं । सरकारको कामकारबाही प्रभावकारी नभएको जनगुनासो बढ्दो छ । सरकारले गरेका काम चित्त नबुझाउनेहरु बढ्दै छन् ।

पूर्वप्रधानमन्त्रीले भने काम प्रभावकारी भएको भन्दै सरकारको प्रशंसा गरेका छन् । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् ।

हुन त देउवाकै दल सरकारमा छ । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । भलै संसदको ठूलो दल भए पनि कांग्रेसले गठबन्धनका नाममा सरकारको नेतृत्व एमालेलाई सुम्पिएको छ । सत्तारुढ गठबन्धनमै भएकाले पनि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले सरकारको काम कारबाही प्रभावकारी छन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढाडस दिनु स्वभाविक हो ।

केही समयअघि बाहिरबाट मात्रै हैन, सत्तारुढ दलभित्रबाटै सरकारको कामकारबाहीको आलोचना भएको कुरा पनि चर्चामा थियो । केही नेताहरु ओली नेतृत्वको सरकारले काम गर्न नसक्नेको निष्कर्षमा पुगेका थिए ।

गठबन्धन दलबीच खटपट सुरु भएको कुरा आइरहँदा देउवाले लोकतन्त्रमा आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारले सय दिएमा राम्रो काम गरेको बताए । कांग्रेस भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दैै उनले सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने जिकिर गरे ।

देउवाले एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राखे । अहिलेको सरकारलाई पूरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ । त्यस्तै, देउवाले कुनै पनि क्षेत्र समस्याविहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्या पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गरे।

देउवाको कुराले उनी आफ्नै पार्टी सम्मिलित सरकारको विरोध गर्ने पक्षमा छैनन् भन्ने प्रष्ट हुन्छ । अझै राम्रो काम गर्न आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको देउवा बताउँछन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.