सरकारी कार्यालय भोलिदेखि खुल्ने

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १९, सोमबार ११:५९

काठमाडौं । तिहारमा बिदा दिइएका सरकारी कार्यालयहरु भोलि (मंगलबार)देखि खुल्ने भएका छन् ।

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदी बहिनीको हातबाट भाइटीका लगाएसँगै तिहार सकिन्छ ।

भाइटीका आइतबार थियो । तिहार सकिए पनि सरकारी कार्यालयहरु भाइटीकाको भोलिपल्टसमेत बिदा दिइएको छ । सरकारले आज पनि तिहारकै बिदा दिएको हो । यस वर्ष १५ गते कुकुर तिहार र लक्ष्मीपूजाको दिनबाट ५ दिन सरकारी कार्यालयहरुमा बिदा दिइएको हो ।

सरकारी कार्यालय मंगलबार मात्रै खुल्नेछन्। टीका लगाउने टाढाटाढा गएकाहरू फर्किने क्रममा रहेकाले भाइटीकाको भोलिपल्ट आज पनि बिदा दिइएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.