बसको ठक्करबाट देउसी भैलो खेल्दै गरेका दुई जनाको मृत्यु

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १९, सोमबार २०:४१

अर्घाखाँची । बसको ठक्करबाट अर्घाखाँचीमा देउसी भैलो खेलिरहेका २ जनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका–५ र ६ को सिमानामा पर्ने जयठाटीमा सोमबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परेर देउसी भैलो खेलिरहेका ३० जना बढी घाइते भएका छन् ।

ना ३ ख २४७१ नम्बरको बसले बाटोमा देउसे भैले समूहलाई ठक्कर दिएको थियो । ‘ब्रेक फेल’ भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकमध्ये २२ वर्षीया तारा श्रेष्ठको मात्रै सनाखत भएको छ । उनको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमै मृत्यु हुनेको पहिचान खुलेको छैन । स्थानीय र प्रहरीले उद्धार गरेर घाइतेलाई उपचारका लागि अर्घाखाँची अस्पताल पठाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.