
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उठाउने निर्णय गरेको छ ।
स्थानीय तहको आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा माओवादीले शिवशरणलाई उम्मेदवार बनाउने भएको हो । माओवादी कीर्तिपुर नगर समितिको सोमबार बसेको बैठकले महर्जनको नाममा सर्वसम्मत निर्णय गरेको हो ।
बैठक माओवादीका उपाध्यक्ष अग्नि सापकोटाको प्रमुख आतिथ्यतामा बसेको थियो । बैठकले चुनावमा पार्टीका सबै जनशक्ति परिचालित हुन आह्वानसमेत गरेको छ । नेकपा (एमाले)ले कीर्तिपुरको मेयरमा डा. सुरेन्द्र मानन्धरलाई उठाउने निर्णय यसअघि नै गरिसकेको छ ।

























