पाँचथरमा आगोले जलेर घाइते भएका वृद्धको मृत्यु

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २२, बिहीबार ११:२९

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा आगोले जलेर घाइते भएका एक जना वृद्धको बिहीबार बिहानका राति मृत्यु भएको छ ।

फिदिम नगरपालिका–२ का ६२ वर्षीय जयप्रसाद राईको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा मंगलबार दिउँसो आगलागी हुँदा सामान निकाल्ने क्रममा जलेर उनी घाइते भएका थिए ।

गम्भीर अवस्थाका राईलाई फिदिमस्थित गणेशमान सिंह अस्पताल लगिएको थियो । थप उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड पुर्याइयो । त्यहाँ पनि सम्भव नभएपछि बुधबार कीर्तिपुर बर्न अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा बिहानका राति १ बजेतिर कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ । घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.