
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीका चन्द्रबहादुर खड्काको धानको कुनिउँमा बिहीबार राति आगलागी भएको छ ।
आगोले ४.५ कट्ठा क्षेत्रफलमा लगाएको धानको कुनिउँ जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । राति ९ः५० बजेतिर सुरु भएको आगो स्थानीयको सहयोगमा प्रहरीले ११ः१० बजेतिर नियन्त्रणमा लिएको थियो ।
घटनामा ३५ हजार मूल्य बरारबको क्षति भएको प्रहरीको भनाइ छ । आगलागीको कारण खुल्न सकेको छैन । कसैले आगो लगाइदिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।























