
झापा । झापाको शिवसताक्षी नगरपालिका–११ नहर चोकबाट तास खेलिरहेका १८ जना शुक्रबार बिहानका राति पक्राउ परेका छन् ।
चन्द्रमणि रिमालको घरमा तास खेल्दै गरेको सूचना आधारमा पुगेको प्रहरी टोलीले बिहान १ः३० बजेतिर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी ६१ वर्षीय रिमालसहित शिवसताक्षी–११ का ४५ वर्षीय राजेन्द्र बास्कोटा, ४९ वर्षीय दीपेन्द्र घिमिरे, ४७ वर्षीय राजेन्द्र बुबर, शिवसताक्षी–९ का ५६ वर्षीय मोहनप्रसाद दुलाल, ३३ वर्षीय निरज दुलाल, शिवसताक्षी–७ का ५४ वर्षीय छत्रबहादुर सोडारी र ६१ वर्षीय मणि खड्का पक्राउ परेका छन् ।
त्यस्तै, शिवसताक्षी–७ का ३२ वर्षीय राजु दर्जी, ५१ वर्षीय तुला सुब्बा, ६९ वर्षीय सीताराम कार्की, ४३ वर्षीय खडीबहादुर श्रेष्ठ, शिवसताक्षी–६ का ४८ वर्षीय लोकनाथ दुलाल, शिवसताक्षी–५ का ३३ वर्षीय मुकेश राउत, ३६ वर्षीय रूपनारायण साह, २४ वर्षीय सेवराज राजवंशी, ३५ वर्षीय मनोज साह र गौरीगन्ज गाउँपालिका–१ का ४७ वर्षीय हरि राजवंशी पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाको साथबाट ४ लाख ५४ हजार ५ सय रूपैयाँ नगद र १ बुक तास बरामद भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।























