
काठमाडौं । सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलित रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (शनिबार) बस्दै छ ।
बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र संघर्षका मोडालिटीबारे छलफल हुने छ ।
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको तयारी र परिचालनलगायतका बारेमा पनि बैठकमा छलफल हुने उनले बताए । सहकारी ठगी प्रकरणमा पार्टीका सभापति लामिछाने भने प्रहरीको हिरासतमा छन् ।

























