
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले आज (शनिबार) बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ ।
समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

























