
काठमाडौं । नेकपा (एमाले)ले आगामी उपनिर्वाचनमा उठाउने उम्मेदवार टुंगो लगाएको छ । स्थानीय तहका रिक्त रहेका विभिन्न ४४ पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।
सत्तारुढ एमालेको शनिबार बसेको सचिवालय बैठकले भने ४२ पदको मात्रै टुंगो लगाएको हो । प्रदेशहरुबाट सिफारिस भएर आएका नामभित्रबाटै नाम अनुमोदन गरिएको एमालेले जनाएको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीले उपनिर्वाचनमा एमालेको विजयका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान गरिएको बताए । एमाले अब चुनाव केन्द्रित हुने उनको भनाइ छ ।
हेरौ एमालेका उम्मेदवारको नामावली

























