दुर्घटनाका मृतकको नाम खुल्यो

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २५, आइतबार २१:१६

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको नाम र ठेगाना खुलेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा पररेर मृत्यु भएका पलाँता –६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही तथा पलाँँता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकायाको पहिचान खुलेको हो ।

प्रहरीका अनुसार पलाँता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाँता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जिपका चालक धनिराम रावत तथा पलाँता–५ का दोली विक र आयुशा विक घाइते भएका छन् ।

घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रादेशीक अस्पताल सुर्खेत लगिएको छ । पलाँता गाउँपालिका–५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको कालीकोटका डीएसपी टेकबहादुर रावतले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.