
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न अनिच्छा देखाएका छन् ।
संघीय सरकारले प्रदेश सरकारलाई कर्मचारी र प्रहरीकाे अधिकार दिएकाे छैन । प्रदेश सरकारहरुले अधिकारका लागि बारम्बार संघीय सरकारलाई आग्रह गरिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले साेमबार साँझ विराटनगरमा पत्रकारसँग कुरा गर्दै अधिकार माग्ने मात्रै हाेइन काम पनि हेर्नुपर्ने बताए ।
‘ती सबै अधिकारको कुरा भन्दा कामको कुरा गरौं न, काम चाहिँ अघि बढेको छैन केही, काम गर्नुपर्याे,’उनले भने,‘काम गर्नुपर्याे, देश र जनताका लागि काम गर्नुपर्याे, विकासको काम गर्नुपर्याे, सुशासनको काम गर्नुपर्याे, यता पट्टिको ध्यान दिनुपर्याे त पहिले ।’
ओलीले ‘अधिकार, अधिकार मात्रै सधैं ? भन्दै प्रतिप्रश्न गरे ।

























