विराटनगरमा घरबाट लडेर घाइते भएका वरिष्ठ अधिवक्ताको मृत्यु

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार ०९:१२
*

विराटनगर । विराटनगरमा आफ्नै घरबाट लडेर घाइते भएका वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँलको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार दिउँसो ४ बजेतिर आफ्नै घरबाट लडेर फुयाँल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा मंगलबार बिहानका राति मृत्यु भएको अधिवक्ता सञ्जयकुमार मेहताले बताए । उनका अनुसार फुयाँल विराटनगर महानगरपालिका–७ स्थित पुरानो घरको छतबाट चिप्लिएर खसेका थिए । फुयाँलको घर जिल्ला अदालतनजिकै पर्छ ।

कानुन व्यवसायी मेहताका अनुसार घरको दुई तलामाथिको करिब २० फिट अग्लो रेलिङबाट खसेर घटना भएको हो । ‘उहाँ आफ्नै घरको २ तलामाथिबाट खसेर घाइते हुनु भएको थियो । पुरानो घरको छतमा लेउ लागेको रहेको छ । उपचारका क्रममा दुःखद् निधन भयो,’ उनले भने ।

फुयाँल मोरङ बारका सदस्य छन् । उनको शवलाई तत्काल न्युरो अस्पतालकै शव गृहमा राखिएको छ । पोस्टमार्टमका लागि पछि कोशी अस्पताल लगिने र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.