जेल चलान भए मनाङे

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार १४:५४

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ मंगलबार जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको हो । काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेर प्रहरीले अदालत पुर्याएको थियो । उनी ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका थिए ।

कैद सजाय भुक्तानका लागि मनाङे अब २ वर्ष ४ महिना १ दिन कारागार बस्नुपर्ने छ । ५ वर्ष कैदको फैसला भएपनि यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर बाँकी रहेको समय उनले जेलमा बिताउनुपर्ने भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.