
विराटनगर । मोरङमा लागुऔषध गाँजासहित मंगलबार दिउँसो दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु मोरङको कटहरी र विराटनगरका हुन् ।
कटहरी गाउँपालिका–१ का ४१ वर्षीय गोपालकुमार राजवंशीको घरबाट ५ किलोग्राम गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरको कोठाभित्र प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा गाँजा भेटिएपछि राजवंशीलाई पक्राउ गरिएको हो ।
त्यस्तै, विराटनगर महानगरपालिका–४ बस्ने ६२ वर्षीय सहरुदिन मियाँको घरको आँगनमा प्लाष्टिकले छोपेर राखेको ३ किलो गाँजा भेटिएको जोशीले बताए । मियाँलाई पक्राउ गरिएको जानकारी उनले दिए ।

























