प्रचण्डले नेता कार्यकर्तालाई भने, ‘उपनिर्वाचनमा होमिनुस्’

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २८, बुधबार १२:४५

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचनमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन निर्देशन दिएका हुन् । मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि चुनाव हुँदै छ ।

जनताको अपेक्षा पूरा गर्न नसकिएको स्वीकार गर्दै प्रचण्डले अझै जनताले अवसर दिए आफूहरु बलिदानी दिन तयार रहेको बताए । उनले कार्यकर्तालाई भने, ‘आत्मसमीक्षासहित जनताको बीचमा जानुहोस् । टोल–टोल र घर–घरमा पुग्नुहोस् ।’

अन्य दलभन्दा माओवादी फरक शक्ति भएको र सरकारमा भएको बेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको जिकिर उनको छ । पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भनेर जनताले बुझिसकेको उल्लेख गर्दै प्रचण्डले पार्टीले गर्न चाहेका तर, गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे।

पुनः जनताको सेवामा लाग्ने प्रतिबद्धतासहित माओवादी रुपान्तरण हुन आवश्यक रहेकोमा उनले जोड दिए । कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै प्रचण्डले कीर्तिपुरको इतिहास, वीरता र विद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताए। सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कृतिमान कायम गर्ने प्रचण्डको विश्वास छ ।

माओवादीले कीर्तिपुरको मेयरमा प्रा.डा शिवशरण महर्जनलाई उठाएको छ । यसपटक महर्जनको जित पक्का रहेको प्रचण्डले दाबी गरे ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.