विराटनगर विमानस्थलको अवस्था सामान्य

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २८, बुधबार २२:५९

विराटनगर । श्री एयरलाइन्सको उडान रद्ध भएपछि सुरु भएको लफडाले तनावपूर्ण बनेको विराटनगर विमानस्थलको अवस्था सामान्य भएको छ ।

बुधरबार राति करिब ८ः३० बजेदेखि सुरु भएको लफडा १० बजेतिर सकिएको हो । उडान रद्ध हुँदा काठमाडौं जान नपाएर यात्रुहरु आक्रोसित भएका थिए । उनीहरुले होहल्ला गर्दै लफडा गर्न थालेपछि विमानस्थलको अवस्था असामान्य बनेको थियो ।

प्रहरीले सम्झाइबुझाइ गरेर यात्रुहरुलाई पठाएको थियो । तर, एक्कासि उडान रद्ध हुँदा यात्रुहरु मर्कामा परेका थिए । रातको समयमा अलपत्र परे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.