
काठमाडौं । डेंगु संक्रमित गण्डकी प्रदेशकी सांसद (प्रदेश सांसद) विमला गौचनाको निधन भएको छ ।
६३ वर्षीया सांसद गौचनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा बुधबार राति निधन भएको हो । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियााँका अनुसार गौचनलाई डेंगुको संक्रमण पुष्टि भएको थियो ।
गौचन कांग्रेसको समानुपातिक सांसद हुन् । शवलाई अस्पतालमै राखिएको छ । छोरा अमेरिकामा रहेको र नेपाल आइसकेपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनायो ।























