लेटाङमा आगोले जलेर महिला घाइते

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार ०८:३०

विराटनगर । मोरङको लेटाङमा आगोले जलेर बु्धबार साँझ एक जना महिला घाइते भएकी छन् ।

प्रहरीका अनुसार लेटाङ नगरपालिका–७ वारांगी खोलाघारीकी २६ वर्षीया जयकला राई घाइते भएकी हुन् । आफ्नै घरको भान्सा कोठामा काम गरिरहेकी उनी बेहोस भएर साँझ ६ बजेतिर चुल्होमा ढलेको प्रहरीले जनाएको छ ।

चुल्होमा पर्दा उनको अनुहार, आँखा, कान र कपाल जलेको प्रहरीले जनाएको छ । घाइते अवस्थाकी उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

राईलाई छारे रोगको पुरानै समस्या रहेको जानकारी प्रहरीलाई प्राप्त भएको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.