‘पूर्णबहादुरको सारंगी’ अत्यधिक ‘हिट’, कमायो सार्वाधिक

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक २९, बिहीबार १३:३७

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारंगी’ अत्यधिक ‘हिट’ भएको छ । यो चलचित्र सर्वाधिक कमाइ गर्नेमा परेको हो ।

लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले नेपालमा बनेका अरु चलभित्रभन्दा धेरै कमाइ गरेको हो । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४ औँ दिनसम्म आइपुग्दा २७ करोडको व्यापार भइसकेको जानकारी दिए ।

उनका अनुसार दर्शकले नेपाली चलचित्रलाई पनि माया गर्ने गरेको उदाहरणका रूपमा ‘पूर्णबहादुरको सारंगी’लाई लिन सकिने बताए । भने, ‘हामीलाई माया गर्नु हुने सबै दर्शकलाई धन्यवाद भन्छु । उहाँहरुलाई धन्यवाद दिने शब्द पनि छैन ।’

नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा निस्किएको छ । निर्माता पौडेलले आज (बिहीबार) देखि पूर्वबाट सुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गरिने बताए ।

उनले उदयपुरको गाईघाटबाट भ्रमण सुरु गरिने जानकारी दिए । दर्शकको अपार मायाले चलचित्र निर्मातालाई हौसला मिलेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×