संघले अधिकार नदिँदा प्रदेशले काम गर्न सकेन: मुख्यमन्त्री कार्की

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार १६:५२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान निर्माण भएको १० वर्ष पुग्न लाग्दा पनि संघले प्रदेशलाई अधिकार नदिएको गुनासो गरेका छन् ।

संघले अधिकार नदिँदा प्रदेश संरचनाले पूर्णरूपमा काम गर्न नसकेको उनले बताए । विराटनगरमा बिहीबार भएको मुख्य न्यायाधिवक्ताहरुको छैटौं राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कार्कीले पूर्णरुपमा संघले अधिकार प्रत्यायोजन नगर्दा समस्या उत्पन्न भइरहेको उल्लेख गरे ।

पटक–पटक संघमा कुरा उठाए पनि यो कुरामा ध्यान नदिएको उनको गुनासो छ । संघले प्रदेशलाई पूर्णरुपमा अधिकार दिएर काम गर्ने अवस्था सिर्जना गर्नुपर्ने उनले बताए ।

कानुनी सेवा गठन गर्ने अधिकार पनि प्रदेशलाई नरहेको कार्कीको भनाइ छ । ‘विगत एक वर्षदेखि कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयको कानुनको सहसचिव पद खाली छ । सम्बन्धीत ठाउँमा कुरा उठाए पनि सुनुवाइ भएन,’ उनले भने ।

उनले संविधान संशोधन आवश्यक रहेको भन्दै प्रदेश संरचनाको कानुन निर्माण गर्दा हतारमा गरिएकाले समयसापेक्ष परिमार्जन गर्न आवश्यक रहेको औंल्याए । कतिपय अवस्थामा होडबाजीका आधारमा कानुन बनाइएकाले त्यसलाई संशोधन गरेर प्रभावकारी कानुन बनाउनुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड छ ।

संघीय कानुन र संरचनाले प्रदेश कानुनलाई नचिन्ने भन्दै प्रदेशलाई चिन्ने कानुन बनाउनुपर्ने उनले बताए । जनशक्तिको अभावले कानुन निर्माण र कार्यान्वयनमा समस्या भइरहेको पनि उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश कानुन निर्माणमा देखिएका समस्यालाई एकरुपता कायम गर्ने, कार्यक्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले यो देशको मानव अधिकार हुनेखाने वर्गका लागि मात्र भएकाले हुँदा खाने वर्गको लागि हुनेगरी संविधान संशोधन हुनुपर्ने बताए । कार्यक्रममा पूर्वमुख्यन्यायाधिवक्ता बुद्धिकुमार कटुवाल र चूडामणि आचार्यले प्रदेशले निर्माण गरेका कानुनलाई समयसापेक्ष सुधार गरेर लैजानुपर्नेमा जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.