
विराटनगर । विराटनगरबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार साँझ दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २७ वर्षीय रोहित थापामगर र विराटनगर–१५ का २३ वर्षीय विक्रमकुमार साह रहेका छन् । विराटनगर–१६ हुलास चोकबाट साँझ ५ बजेतिर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारतको जोगवनीबाट लागुऔषध खरिद गरेर आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २.५६ ग्राम बरामद भएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

























