
विराटनगर । नेकपा (एमाले) इलामको ११ औं अधिवेशनबाट अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् ।
उनले नरेन्द्रनाथ भट्टराईलाई १ सय ८६ मतान्तरले पराजित गरे । बरालले ३ सय ८१ मत प्राप्त गरे भने भट्टराईले १ सय ९५ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा उदयबहादुर राई दोस्रो पटक निर्वाचित भए । राईले २ सय ५० मत प्राप्त गरे भने प्रतिद्वन्द्वी उमेश गुरुङले १ सय ८४ मत प्राप्त हुँदा ६६ मतान्तरले पराजय भए । सचिवमा रामप्रसाद सुवेदी निर्वाचित भए ।
उपसचिव (खुला) मा रमेश राई निर्वाचित भएका छन् । उपसचिव (महिला) मा दिलकुमारी लिम्बू निर्वाचित भइन् । निर्वाचनमा ५ सय ८१ मत खसेको थियो ।

























