यो सरकार तलमाथि भए माओवादीकै नेतृत्वमा नयाँ सरकार बन्छ : प्रचण्ड

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १, शनिबार १७:०७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार तलमाथि हुँदा माओवादीकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

पार्टीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै शनिबार प्रचण्डले अहिलेको सरकार ढले माओवादीकै सरकार बन्ने जिकिर गरेका हुन् । अहिलेको सरकार उल्टाउँदा माओवादीकै सरकार बन्ने उनले बताए ।

अहिले सरकारमा भएका दलहरू सबभन्दा भ्रष्टाचारी रहेको आरोप लगाउँदै प्रचण्डले पार्टीको सुशासनको अभियान त्यतिकै नछाड्ने बताए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न थाल्दा प्रतिक्रान्ति भएको समेत बताए ।

भ्रष्टाचारीलाई आफ्नो पार्टी र जनताले नछाड्ने उनको भनाइ छ । आफूले सरकार छाड्दा प्रचण्डको युग सकियो, सन्यास लिए हुन्छ भन्नेहरूले अहिले फेरि आन्दोलनको नेतृत्व गरिदिनुपर्यो भनेर भन्न थालेको प्रचण्ड बताउँछन् ।

उनले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको पनि बताए । उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भूमिका खेल्नुपर्ने जरुरी रहेको उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.