काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले कृष्णमान डंगोललाई उठाउने भएको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय समितिको शनिबार बसेको बैठकले डंगोललाई उम्मेदवार बनाउने निर्णय लिएको हो । आगामी मंसिर १६ गतेको उपनिर्वाचन हुँदै छ ।