
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवीनकुमार विश्वासले उम्मेदवारी दर्ता गराएका छन् ।
रास्वपा पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिँदै छ । पार्टीका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विश्वासले उम्मेदवारी दर्ता गराएका हुन् ।
राप्रपाका दिनेशकुमार थन्दार (दिवेश)ले यसअघि नै मनोनयन दर्ता गराइसकेका छन् । मोरङको ग्रामथानमा अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

























