श्रीलंकामा कम्युनिष्ट पार्टीलाई दुईतिहाइ, नेकपा (एमाले)ले दियो बधाई

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार १३:४२

एजेन्सी । श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा त्यहाँको कम्युनिस्ट पार्टीले दुईतिहाइ प्राप्त गरेको छ ।

निर्वाचनमा २२५ सिटमध्ये १५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुईतिहाइ बहुमत हासिल गरेको हो । कुशासन, राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक संकटविरूद्धमा दुई वर्षअघि श्रीलंकाली जनताले आन्दोलन गरेका थिए ।

जनआन्दोलनबाट त्यहाँको सत्ता परिवर्तन भएको थियो । दुई महिनाअघि २०२४ सेप्टेम्बर २१ मा राष्ट्रपतीय निर्वाचन भएको थियो । निर्वाचनमा एनपीपीका नेता अनुरा कुमार देशनायकेको विजय हासिल गरेका थिए ।

हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलंकामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास लिइएको छ । यसैबीच, श्रीलंकामा सम्पन्न निर्वाचनमा कम्युनिष्ट पार्टीले दुईतिहाइ प्राप्त गरेकोमा नेकपा (एमाले)ले खुसी व्यक्त गरेको छ ।

श्रीलंकामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताप्रति खुसी प्रकट गर्दै एमाले बधाई ज्ञापन गरेको हो । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति गर्दै श्रीलंकामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

एमालेले निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर देखाउन एनपीपीलाई आग्रह गरेको छ। ‘कम्युनिस्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनु पर्दछभन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्यन गरिरहेको हाम्रो पार्टी श्रीलंकामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको यस अपूर्व सफलताप्रति खुशी प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभीपी) यसको अगुवाइमा स्थापित मोर्चा एनपीपी र राष्ट्रपति अनुरा कुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास एमालेले व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.