रास्वपाको दोस्रो चरणको आन्दोलन मंसिर ८ गतेदेखि

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार १८:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार पत्रकार सम्मेलन गरेर आगामी आन्दोलनका बारेमा जानकारी दिएका छन् ।

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपा आन्दोलित छ । प्रवक्ता झाले मंसिर ८ गतेबाट दोस्रो चरणको नयाँ आन्दोलन सुरु गरिने जानकारी दिए ।

लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधि लम्ब्याइरहेको उनको दाबी छ ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सहकारीको रकम अनियमिततामा संलग्न कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य दिए पनि सरकारले राजनीतिक प्रतिशोध साँधेको रास्वपाको जिकिर छ ।

रास्वपाले सभापति लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन माग गरेको छ । साथै, भविष्यमा यस्तो प्रतिशोध कसैलाई नहोस् भनेर फौजदारी कानुन प्रणाली र संरचनात्मक प्रणाली सुधार गर्न सरकारलाई रास्वपाले आग्रह गरेको छ ।

उक्त पार्टीले सहकारीको बचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेको छ । सहकारीबारे छानबिन गर्न विगतमा बनेका कार्यदल तथा समितिको सुझाव कार्यान्वयन गर्नुपर्नेमा रास्वपाको जोड छ ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.