कोशीमा पहिचान पक्षधरद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३, सोमबार १६:२८

विराटनगर । पहिचान पक्षधरले कोशी प्रदेशको नाम खारेजीको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । प्रदेशको नामकरणविरुद्ध पहिचान पक्षधर आन्दोलित छन् ।

पहिचानको आवाज उठाउँदै आएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै औपचारिक हिसाबले आन्दोलन घोषणा गरेको हो । यद्यपि, आइतबार नै विराटनगरमा शक्ति प्रदर्शन गर्दै आन्दोलनको घोषणा गरिएको थियो ।

समितिले आगामी फागुन १७ गतेलाई कालो दिवसका रूपमा मनाउन लागेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । समितिले चैत १० गतेसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकनको प्रक्रिया सुरु नगरे थप संघर्ष चर्काउने चेतावनी दिएको छ ।

आन्दोलनका कार्यक्रममा प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने उल्लेख छ । तत्कालीन केदार कार्की नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग सहमति भएपछि पहिचान पक्षधरबाट शान्तिपूर्ण गतिविधि गर्ने कुरा आएको थियो ।

अब भने कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्य (प्रदेश सांसद)लाई निषेध गर्ने घोषणा समितिले गरेको छ । समितिले प्रदेशसभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रममा सहभागी नगराउन र गराए प्रतिरोध गर्ने घोषणा गरेको हो ।

विभिन्न ठाउँमा लेखिएको प्रदेशको नाम ‘कोशी’ मेटाउन र हटाउन पनि आन्दोलनरत पक्षले माग गरेको छ । कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरुलाई अनुरोध गर्ने र नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाउने समितिको चेतावनी छ ।

कोशी प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतबाट २०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम ‘कोशी’ राखिएको थियो । प्रदेशको नामकरणसँगै पहिचान पक्षधर आन्दोलित छन् ।

आन्दोलनमा सहभागी हुँदै आएका पदमकुमार लिम्बू ‘लाजेहाङ’ को मृत्यु भएको थियो । आन्दोलनका क्रममा १ सय ५० जनाभन्दा बढी आन्दोलनकारी र केही सुरक्षाकर्मी घाइते भएका थिए ।

यस्तो छ प्रेस विज्ञप्ति

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.