ग्रामथानमा एमालेका बागीलाई ‘मुढा’ चुनाव चिन्ह

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार १९:२५
फोटो क्याप्सन : मुढा चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी ।

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नमनारायण चौधरीले ‘मुढा’ चुनाव चिन्ह पाएका छन् ।

नेकपा (एमाले)का उनी आगामी मंसिर १६ गतेको उपनिर्वाचनमा गाउँपालिकाको अध्यक्षका आकांक्षी थिए । उनीसहित ११ जना आकांक्षी रहेकोमा पार्टीले एमाले गाउँपालिका उपाध्यक्ष तुलसीराम विश्वासलाई टिकट दिएको थियो ।

पार्टीको निर्णयबाट रुष्ट बनेका चौधरीले एमालेविरुद्ध बागी हालेका हुन् । स्वतन्त्रबाट चुनाव लड्ने योजनासहित मनोनयनपत्र दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई आज (बुधबार) अपरान्ह ‘मुढा’ चुनाव चिन्ह प्रदान गरेको हो ।

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १५ वटा राजनीतिक दल र एकजना स्वतन्त्रसहित गरेर १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार दलबाट उम्मेदवारी दिनेलाई सम्बन्धित दलको र स्वतन्त्रलाई ‘मुढा’ चुनाव चिन्ह प्रदान गरिएको छ ।

मुख्यनिर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो १ बजेसम्म इच्छुकका लागि उम्मेदवारी फिर्ता लिने समय तोेकेको थियो । तर, निर्धारित समयसम्म कसैले उम्मेदवारी फिर्ता लिएनन् । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

मुख्यनिर्वाचन अधिकृत भट्टराईका अनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २४ को उपदफा १ बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको हो । ग्रामथानको अध्यक्षका लागि एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी मैदानमा छन् ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीको उम्मेदवारी परेको छ । नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन् ।

२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । २०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए । आगामी उपनिर्वाचनका लागि १ सय २ जना मतदाता थपिएका छन् । उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ ।

यी हुन् ग्रामथानमा उम्मेदवारी कायम भएकाहरु

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.