६ लाख रुपैयाँसहित १ जना पक्राउ

Share this
814shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ६, बिहीबार १०:१५

विराटनगर । रौतहटको गौरबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौर नगरपालिका–१ का ५४ वर्षीय वीरेन्द्रकुमार जयसवाललाई स्रोत नखुलेको नेपाली रुपैयाँ ६ लाखसहित पक्राउ गरेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए ।

गौरस्थित राईस मिलको बाटोमा बुधबार साँझ गस्तीमा रहेको प्रहरी टोलीले शंका लागी चेक गर्दा स्रोत नखुलेको ६ लाख रुपैयाँ बरामद भएको हो ।

जयसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २ सय थान र १ हजार दरको नेपाली नोट ५ सय थान गरी कुल ६ लाख नेपाली रुपैयाँ, १ थान मोबाइलसहित पक्राउ गरे डीएसपी रायले बताए ।

बरामद रकमको स्रोत खुलाउन नसकेकोले रकमसहित पक्राउ परेका जयसवाललाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.