बोक्सीको आरोपमा धामीको हत्या

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ६, बिहीबार १४:२५

दैलेख । दैलेखको दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको हत्या भएको छ । गाउँमा धामी झाँक्रीको काम गर्दै आएका उनलाई बोक्सीको आरोप लगाउँदै बुधबार राति हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर लालबहादुर सुनारले घटनामा संलग्न भएको आशंकामा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकलाई पक्राउ गरिएको जानकारी दिए । कर्णबहादुर गाउँका धामी हुन् ।

प्रहरीका अनुसार बुधबार राति कर्णबहादुरको घर गएका भुवनसिंहले सुरुमा पानी मागेर खाएका थिए । त्यसको केही समयपछि एक्कासि आफूलाई बोक्सी लागेर बिरामी पारेको भन्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

हतियार प्रहारबाट घाइते भएका कर्णबहादुरको दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.