ग्रामथान उपनिर्वाचन : निराश छन् मतदाता

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ७, शुक्रबार १४:०८

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ कखरमारी टोलका स्थानीयबासीलाई मंसीर १६ गते हुने उपनिर्वाचनले छोएको छैन । यसअघि निर्वाचित भएका जनप्रतिनिधिले काम नगरेका कारण उपनिर्वाचनले नछोएको हो ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले जितेपनि गाउँबस्तीको खासै विकास गर्न नसकेको कखरमारी वडा नम्बर ५ का मतदाता सत्यनारायण चौधरी बताउँछन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदारले जिते । उनले पनि कखरमारी विकासमा चासो दिएनन् । गच्छदारको आधा कार्यकाल नपुग्दै मृत्यु भयो । ‘काम गर्थे, गर्दैन थे हेर्ने बाँकी नै थियो,’ उनी भन्छन्,‘ उम्मेदवारहरुसँग आफूहरुले धेर्रै आशा गरेपनि कामै गरेनन् ।’

कखरमारी टोलमा सरकारी विद्यालयहरुको अवस्था नाजुक छ । ‘पैसा हुनेले विराटनगर पढाउँछन्, हामी जस्ता गरीब, विपन्नलाई आफ्ना सन्तानलाई शिक्षा दिन सरकारी विद्यालयमा भर्ना गर्नु बाहेक अर्को विकल्प छैन,’ उनले भने ।

कखरमारी वडा नम्बर ५ का अधिकांश बाटाहरु ग्राभेल र पिच हुन बाँकी रहकोले यहाँका स्थानीयमा स्वास्थ्य सम्बन्धी समस्या देखा परेको स्थानीय रेखा साह बताउँछिन् ।

यसअघिका उम्मेदवारहरुले आश्वासन मात्र बाड्ने काम गरे, काम भने गरेनन् । सडक बतीको समस्या झनै धेरै छ । ग्रामीण भेग भएकाले लाइन पनि धेरै कट्ने र पोलहरुमा पनि बत्ती नभएकाले हिंसात्मक गतिविधि हुने खतरा रहेको उनले बताइन् ।‘ अर्काकोमा बनीबुतो गर्न जानुपर्छ, सीप सिकाए हामीहरु प्नि केही इलम गर्न चाहान्छांै तर अहिलेसम्म जितेर गएकाहरुले सीप सिकाएर स्वरोजगार हुने वातावरण सिर्जना गरेनन्,’ उनी भन्छिन् ,‘ उम्मेरदवारहरुले चुनावका समयमा बाचा गर्छन, तर जितेर गएपछि बिर्सिन्छन् ।’

ग्रामथान गाउँपालिकाका अधिकांश मानिसहरु कृषि पेशामा निर्भर छन् । समयमा मल, उन्नत जातको बीउ नपाउने समस्या रहेको स्थानीय जितेन्द्र कुमार सरदार बताउँछन् । ‘हामीहरु पार्टी भन्दा पनि यो ठाउँको विकास गर्ने, जनताको समस्या बुझ्ने, जनताको सुखदुःखमा साथ दिने नेतालाई भोट दिन्छौं,’ उनले भने ।

मंसिर १६ गते हुने उपनिर्वाचन नजिकिएसँगै ग्रामथान गाउँपालिकामा उम्मेदवारहरु घरदैलोम छन् । आफ्नो पक्षमा मत पार्न विभिन्न आश्वासन दिइरहेका छन् ।

अध्यक्षको दौडमा एकजना स्वतन्त्रसहित १६ जना उम्मेदवार छन् ।

विराटनगर महानगरपालिकासँगै जोडिएको पालिका भएपनि शिक्षा, स्वास्थ्य, विकास निर्माणमा पछि परेको गाउँपालिकाका अधिकांश मानिसहरु कृषि पेशामा आवद्ध छन् ।

घरदैलोमा आउने उम्मेदवारलाई मतदाताले मल, उन्नत जातको बिउ, सिचाइको व्यवस्था गर्न, विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीको उचित व्यवस्था गर्न माग गरिरहेका छन् ।

महिला मतदाताहरुले भने सडक बत्ती नभएकाले हिंसात्मक घटना घटेकोले सडक बतीको व्यवस्थापन गर्न माग गरेका छन् । उनीहरुले ग्रामथानमा कृषि, सडक निर्माणदेखि महिलाहरुका लागि सीपमूलक कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । सात वटा वडामा विभाजित यो गाउँपालिकाकामा १२ वटा मतदान स्थल र २९ वटा मतदान केन्द्र छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.