सभालाई सम्बाेधन गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीकाठमाडौं । कांग्रेस एमालेबीचको वर्तमान सत्ता समीकरण २०८४ को मंसिरसम्म रहिरहने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
काठमाडौँको दरबारमार्गमा नेकपा एमालेले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सरकार फेरिने भ्रममा नपर्न आग्रह गरे ।
‘२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस्, २०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ ।’
प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्न आग्रह गरे । उनले भने,‘सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ, मेरो अवधि म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि मैले शेरबहादुर देउवाजीलाई जिम्मा लगाउँछु ।’

























